महान्यायाधिवक्ता कँडेलको नेपाल–बेलायत आउजाउको अभिलेख पेस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल र बेलायतबीचको आवतजावतसम्बन्धी प्रमाणित अभिलेख पेस गर्न अध्यागमन विभागका नाममा आदेश जारी गरेको छ। महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएका रिट निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले सन् २०१५ देखि २०२४ सम्मको नेपाल–बेलायत