पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकुको मृत्यु
इस्लामावाद । अफगानिस्तानको सीमा क्षेत्रमा गत साता आत्मघाती आक्रमण गरी १२ जनाको मृत्यु भएपछि पाकिस्तानी सेनाले गरेको कारबाहीमा कम्तीमा ३० विद्रोही लडाकूको मृत्यु भएको छ। लडाकू समूह पाकिस्तानी तालिवान र यससँग सम्बद्ध समूह रहेको सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।