काठमाडौं । अर्थमन्त्री तथा नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सवै नेपालीलाई निशुःल्क खोप लगाउने बताउनु भएको छ । आज काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताउनु भएको हो ।
यसैवीच भारत सरकारले नेपाललाई अनुदानस्वरुप दिएको १० लाख डोज कोरोनाविरुद्धको भ्याक्सिन काठमाडौं आइपुगेको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्च्यिुट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप भारतले नेपाललाई हस्तान्तरण पनि गरिसकेको छ ।
एयर इन्डियाको विमान बिहिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको खोपहरु नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गर्नुभएको हो ।
खोपलाई विमानस्थलबाट सीधै टेकुको केन्द्रिय खोप भण्डारणसम्म लगिएको छ । सरकारले खोपलाई शुक्रबार प्रदेशको खोप भण्डारण स्थलसम्म लाने बताइएको छ । जिल्लागत विवरण सरकारले आज साँझ तयार गर्ने र पाँच दिनभित्र सबै जिल्लामा खोप पुर्याउने तयारीमा सरकार जुटेको बताइएको छ ।
भारतले दिएको १० लाख डोज उक्त खोप पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने सरकारको तयारी छ ।
अन्य जनताका लागि चाँडै खोप गरिद गरेर ल्याउने र खोप अभियान चलाइने बताइएको छ ।




















