काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् ।
गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त बालकोटस्थित आफ्नो निवासको बुधबार अवलोकन गर्ने क्रममा उहाँले आफूहरू विगतमा पनि नभागेको र भविष्यमा पनि देश छाडेर नभाग्ने बताएका हुन्।
अध्यक्ष ओलीले आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै अरू कसैले उभ्याएको नभई आफ्नै संघर्ष र योगदानबाट स्थापित भएको बताए।
भदौ २४ गतेको जेन–जी आन्दोलनका क्रममा भएको आगजनीबाट आफ्नो निवासमा पुगेको क्षतिको अवलोकन गर्न अध्यक्ष ओली बुधबार बालकोट पुगेका थिए ।



















