काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको छ।
सेनाले पाँच दिन लगाएर पुल जडान गरेपछि आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिएको छ। सरकारले शुक्रबारदेखि पुलबाट सवारीसाधन सञ्चालन गर्ने जनाएको छ।
भोटेकोसी बाढीले देवीघाटस्थित पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको थियो।
छोटो समयमै वैकल्पिक पुल जडान भएपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने भएको छ।



















