काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटतर्फ प्रस्थान गरेका छन्।
देउवासँगै कांग्रेसका अन्य शीर्ष नेताहरू पनि राहत सामग्री बोकेर नुवाकोट गएका छन्।
देउवाको टोलीले सुरुमा नुवाकोटस्थित कांग्रेस जिल्ला पार्टी कार्यालय पुगेर नेता–कार्यकर्तासँग बाढीबाट भएको क्षतिबारे जानकारी लिने कार्यक्रम छ।
त्यसपछि विदुर नगरपालिका–ढुंगेमा बाढीले पुर्याएको क्षतिको स्थलगत अवलोकन गर्ने र देवीघाट पुगेर बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम रहेको देउवाको सचिवालयले जनाएको छ।
निरीक्षण तथा राहत वितरणपछि देउवासहितको टोली आजै काठमाडौं फर्किने कार्यक्रम छ।




















