काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरूको बैठक सिंहदरबारमा सुरु भएको छ। नेपाली कांग्रेसको आह्वानमा कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरूको बैठक बसेको हो।
बैठकमा भोटेकोसी बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापना र यसअघि बसेको सर्वदलीय बैठकका निर्णय कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको छ।
बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा सहभागी छन्। त्यस्तै, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल तथा श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन्।
अर्को प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने बैठकमा सहभागी भएको छैन।




















