काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमित २६६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना भाइरसबाट २ लाख ६७ हजार ३२२ जना सङ्क्रमित भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ सय जना सङ्क्रमित निको भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ६१ हजार ४४४ जना पुगेका छन् ।
हाल ३ हजार ९१९ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ५ जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९५९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।
उपत्यकामा १७७ जना संक्रमित थपिए
काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा १७७ जना संक्रमित थपिएका छन् । उपत्यकाको भक्तपुरमा नौ, ललितपुरमा २३ र काठमाडौं जिल्लामा १४५ जना छन् ।

















