काठमाडौं । बागलुङको गलकोटबाट काठमाडौं आउँदै गरेको हेलिकोप्टरमा चिल ठोक्किएको छ । कैलास हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टरमा एक्कासी चिल ठोक्किएर सिसा फुटेपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको बताइएको छ । हेलिकोप्टरमा भौतिक क्षति भएपनि मानवीय क्षति भएको छैन ।
हेलिकप्टरमा गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार थिए ।
वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताएका छन् ।



















