काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९१३ जना कोरोना सङ्क्रमित थपिए छन् । आज थपिएका समेत गरेर कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३४९ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयका अनुसार हाल ३८ हजार ४६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । हालसम्म एक लाख ६५ हजार ४९२ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा करीब दश हजार पाँच सय जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म पन्ध्र लाख ८४ हजार ७१५ जनाको आरटीपीसीआर परीक्षण गरेको छ ।
त्यस्तै पछिल्लो चौबीस घण्टामा १५ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।


















