राप्रपामा ठूलो विद्रोह : पदाधिकारीसहित १८३ नेता/कार्यकर्ताको राजीनामा, लिङ्देनमाथि आन्दोलन तुहाएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको असन्तुष्टि सतहमा आएको छ। पार्टीका केन्द्रीय पदाधिकारीसहित १८३ जना नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। पार्टीका महामन्त्री डा. धवलशमशेर राणानिकट नेताहरूले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन्। पार्टी परित्याग गर्नेहरूमा पूर्वपदाधिकारी, कार्यसम्पादन