महसुल नतिर्ने २७७ ग्राहक कालोसूचीमा, १,८२६ को लाइन काटियो
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ जना ग्राहकलाई कालोसूचीमा राखेको छ। लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राखिएको केन्द्रका सूचना अधिकारी नन्दराम विष्टले जानकारी दिए। उनका अनुसार ती ग्राहकबाट १ करोड ४ लाख