त्रिविमा नेविसंघले गरेको तालाबन्दीविरुद्ध अनेरास्ववियुको प्रदर्शन
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको विभिन्न निकायमा भएको तालाबन्दीविरुद्ध विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरेको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज