काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मंगलबारको मन्त्रिपरिषद् बैठकले कायस्थलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भएको बताइन् ।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।




















