कांग्रेसको क्रियाशील सदस्यता नवीकरण असार मसान्तसम्म सक्नुपर्ने
काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ ले आगामी असार मसान्तसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ । समितिका संयोजक महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बुधबार बसेको बैठकले असार मसान्तसम्म पार्टीको क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो