काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको पद निलम्बनको जानकारी सभामुखले संसद्मा गराएका छन् ।
सूचना सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसद नेपालको निलवम्वन बारेको पत्र पढेर सुनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै उनले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका छन् ।
अख्तियारले पताञ्जलीको जग्गा हिनामिना प्रकरणमा साढे १८ करोडभन्दा बढी बिगो दाबीसहित नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
























