काठमाडौं । रास्वपा र राप्रपाको अवरोधबीच पनि सभामुखले सदन चलाएका छन् । बैठकमा गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे जवाफ दिइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले बेल घेराउ गरेका छन् । उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै नारावाजी गरिरहेका छन् ।
आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए । तर रास्वपाले सत्ता र प्रमुख प्रतिपक्षबीच भएको दुईबुँदे सहमतिलाई अस्वीकार गरेको छ ।