दोस्रो चरणको आन्दोलनमा साथ दिन आमजनतालाई रास्वपाको आह्वान
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको दोस्रो चरणको आन्दोलनमा साथ दिन आम जनतालाई आह्वान गरेको छ । शनिवार बसेको पार्टीको केन्द्रिय समिति बैठकले सरकारविरुद्ध घोषित दोस्रो चरणको आन्दोलनलाई सशक्त बनाउनका लागि साथ दिन नेपाली जनतालाई आह्वान गरेको हो ।