सुरुङमा फसेका नागरिकको उद्धारमा ढिलाइ अमानवीय र गम्भीर : आङ्देम्बे
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता आङ्देम्बेले सुरुङमा फसेकाहरूको उद्धारमा भएको ढिलाइलाई अमानवीय र गम्भीर विषयका रूपमा चित्रण