काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार बिदाइ भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा प्रधानमन्त्री शाह र राजदूत श्रीवास्तवबीच द्विपक्षीय सम्बन्ध तथा आपसी सहकार्यका विषयमा कुराकानी भएको जनाइएको छ।
राजदूत श्रीवास्तवको नेपालस्थित कार्यकाल पूरा हुन लागेकाले उनी भारत फर्किन लागेका हुन्। स्वदेश फर्किनुअघि उनले प्रधानमन्त्री शाहसँग बिदाइ भेट गरेका हुन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई बुद्धको मूर्ति प्रदान गर्दै बिदाइ गरेका थिए।




















