प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा कात्तिक १२ गतेदेखि सुनुवाइ हुने
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध दायर १० वटा रिटमा कात्तिक १२ गतेदेखि सुनुवाइ हुने भएको छ । प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै मंगलबार सर्वोच्च अदालतमा १० वटा रिट दर्ता भएका हुन् ।