काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुख्य सचिव कृष्णप्रसाद पौडेलको राजीनामा स्वीकृत गरेका छन् ।
२०७३ वैशाख ७ गते मुख्यसचिवमा नियुक्त पौडेलले विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन भएपछि माघ ८ मा पदबाट राजीनामा दिएका थिए ।
सभापति थापाले आज पौडेलको राजीनामा स्वीकृत गर्दै सचिव कृष्णप्रसाद दुलाललाई कार्यवाहक मुख्य सचिवको जिम्मेवारी दिएका छन् । उनलाई विधानको धारा २५ (१०), कांग्रेसको नियमावली, २०७६ को नियम ४६ (ग) र कर्मचारी विनियमावली, २०७९ को नियम १४ (क) बमोजिम कार्यवाहक मुख्य सचिवको जिममेवारी दिइएको सचिव प्रकाश शर्माले जानकारी दिएका छन् ।




















