सर्वोच्चका न्यायाधीशहरु छलफलमा, इजलास प्रभावित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बोलाएको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कार गर्ने निर्णय गरेका सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला प्रारम्भ भएको छ । प्रधानन्यायाधीश जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा आज फुलकोर्ट डाक्नुभएको थियो । यद्यपि फुलकोर्ट बस्ने/नबस्ने अन्योल छ ।