धनकुटा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनिल थापा कांग्रेसमा प्रवेश गरेसँगै २०३६ सालको छिन्ताङ हत्याकाण्डको जिम्मा कांग्रेसले लिनुपर्ने बताउनुभएको छ ।
धनकुटाको छिन्ताङमा एमालेले आयोजना गरेको सहिद स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०३६ सालको छिन्ताङ हत्याकाण्डको आरोप सूर्यबहादुर थापाले गरेको त्यसको भाग लिएर सुनिल थापा कांग्रेसमा प्रवेश गरेकाले अब त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने बताउनुभएको हो ।
सर्वोच्च अदालतमा भइरहेको विवादका विषयलाई लिएर अध्यक्ष ओलीले सरकारको कारणले न्यायालयमा विवाद बढेको बताउनुभयो । ओलीले अहिले न्यायाधीशले मुद्दा नहेरेको र वकिलले दादागिरी देखाएको आरोप लगाउनुभयो ।
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर पुनः सरकारको नेतृत्वमा आउने उहाँको दाबी छ । सहिद स्मृति सभालाई सम्बोधन अध्यक्ष ओलीले सहिद र तिनका परिवारको सपना साकार पार्न लागिरहने प्रतिबद्धता जनाउनुभयो ।