पोखरा । नेकपा एमालेको दशौं महाधिवेशनका लागि गण्डकी प्रदेशबाट एक सय ६८ जना प्रतिनिधि चयन निर्वाचित भएका छन् । प्रदेश कमिटीबाट पाँच र अन्य प्रतिनिधि जिल्लाहरूबाट छानिएका हुन् । सबै जिल्लाबाट महाधिवेसन प्रतिनिधि सर्वसम्मत छनोट गरिएको कार्यालय सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए । सबैभन्दा धेरै कास्कीबाट छन् भने मनाङ र मुस्ताङबाट सबैभन्दा कम छन् ।
लमजुङबाट ११, मनाङ र मुस्ताङबाट समान चार चार जना, म्याग्दीबाट नाै जना, बागलुङबाट १२ जना, गोरखाबाट १५ जना चयन भएका छन् । यस्तै, कास्कीबाट कास्कीबाट ३१ जना, तनहुँबाट १३, पर्वतबाट १३, नवलपुरबाट १९ र स्याङजाबाट २४ जना चयन भएका छन् ।
मनाङ र मुस्ताङबाट समान दुई जना खुला, एक महिला र एक दलितका दरले छनोट भएका छन् । कास्कीबाट १८ जना खुला, नाै जना महिला तथा चार दलित (एक महिला सहित) निर्वाचित भएका छन् । म्याग्दीबाट पाँच खुला तथा दलित र महिलाबाट दुई दुई जना, बागलुङबाट सात जना खुला, तीन महिला र दुई दलित निर्वाचित भएका छन् ।
स्याङजाबाट १४ खुला, ६ महिला, चार दलित (दुई महिला) र तनहुँबाट नाै खुला, तीन महिला, एक दलित प्रतिनिधि छानिएका छन् । लमजुङबाट ६ खुला, तीन महिला र दुई जना दलित, गोरखाबाट १० जना खुला, चार महिला र एक जना दलित छनोट भएका छन् ।
यसैगरी, पर्वतबाट सात जना खुला, तीन जना महिला, तीन दलित (एक महिला सहित) तथा नवलपुरबाट १२ खुला, पाँच महिला र दुई जना दलित चयन भएका एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । प्रदेशबाट तीन जना खुला र दुई महिला चयन भएका छन् । मजदुरबाट चार जना खुला र चार जना महिला छानिएका छन् ।