बारको माग न्यायपालिका सुधार्न २० प्रतिशतमात्रै भयो १०० प्रतिशत पु-याएर ल्याउनुस् : केपी ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बारको माग न्यायपालिका सुधार्नका लागि २० प्रतिशतमात्रै भएकाले १०० प्रतिशत पु-याएर ल्याउन सुझाव दिनुभएको छ । मंगलबार नेपाल बारका पदाधिकारीहरुसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो ।