पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीशलाई बारको अल्टिमेटम
काठमाडौं । नेपाल बार एशोसिएसनले पाँच दिनभित्र राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई अल्टिमेटम दिएको छ । शुक्रबार बसेको कार्यसमिति बैठकले १७ कात्तिकसम्म विरोधका कार्यक्रम सार्वजनिक गर्दै यो अवधिभित्र राजीनामा नआए थप विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।