प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एसका राजेन्द्र राईद्वारा दाबी पेश
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईले दाबी पेश गर्नुभएको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएलगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।