ओलीको राजनीतिक प्रतिवेदनः मधेसमा एमालेप्रति क्रेज देखियो, अब देशको राजनीतिक शक्ति सन्तुलन बदल्छ
काठमाडौं । तराई मधेसमा पार्टी प्रति ‘क्रेज’ बढेको भन्दै एमाले अध्यक्ष केपी ओलीले भावी दिनमा मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई नै बदल्ने दाबी गरेका छन् । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकमा छलफलका लागि पेस गरेको राजनीतिक प्रतिवेदनमा सो विषय उल्लेख