काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथि भएको छलफल बहिष्कार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा दिनु पर्ने र नत्र संसदीय छानविन समिति गठनको माग गर्दै आएको छ ।
आफ्नो पार्टीका मागको सुनुवाइ नभएसम्म बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गर्ने स्पष्ट गरेको छ ।
शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनाएको छ ।
अध्यक्ष तिमिल्सिनाले बोल्न दिएको समयाम एमाले सांसद भैरव सुन्दर श्रेष्ठ अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएपछि एमाले सांसदहरु बैठक हलबाट बाहिरिएका छन् ।
एमाले सांसदहरुको अनुपस्थितिकाबीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयकमाथि छलफल जारी रहेको छ ।