जिल्ला नेतृत्वको सहमति पालिकाका उम्मेदवारले मानेनन्
सुर्खेत । सत्ता गठबन्धनभित्र भएको सहमति जाजरकोटका अधिकांश पालिकामा उम्मेदवारले लत्याइदिएका छन् । १६ वैशाखसम्म उम्मेदवारी फिर्ता लिने भनिए पनि जाजरकोटका तीन पालिकाका उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि सहमति भाँडिएको हो । मनोनयन फिर्ता नलिएपछि अब एक्लाएक्लै चुनाव लड्नुपर्ने अवस्था आएको