काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुबीच बैठक केहीबेर अघि सुरु भएको हो ।
बिहीबार मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गरेपछि गठबन्धनका दलहरू छलफलमा जुटेका हुन् । आजको बैठकले आम निर्वाचनमा गठबन्धनमा आवद्ध दल मिलेर जाने घोषणा गर्ने स्रोतले बताएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४ मंसिरका लागि निर्वाचनको मिति घोषणा गरिसकेको छ । यसअघि स्थानीय तहको निर्वाचनको लागि पनि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो । त्यो संयन्त्रले स्थानीय तहको तालमेल मोडालिटी बनाएको थियो ।