एमसिसीबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । आइतबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठकको विषय भने खुलाइएको छैन । प्रधानमन्त्री देउवाको सचिवालय स्रोतका अनुसार बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको छ