भारतीय अभिनेता अक्षय कुमारलाई कोरोना सङ्क्रमण
मुम्बई । हिन्दी सिनेमाका ख्यातिप्राप्त अभिनेता अक्षय कुमारलाई कारोना संक्रमण पुष्टि भएको छ । उहाँले आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जालमार्फत् दिनुभएको छ । उहाँले स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर आफू अन्य व्यक्तिको सम्पर्कबाट अलग बसेको जानकारी गराउनुभएको छ