काठमडौं । नेपालका चर्चित कलाकार जसलाई बेली रानीको रुपमा उपनाम दिईएको छ उनै कलाकार बिनु शाक्यले ७ दिने बेली डान्सको कार्यशाला अनलाइन संचालन गर्ने बताइएको छ ।
कलाकार बिनु शाक्यले आफ्नो फेसवुकमार्फत कार्यशाला आयोजना गर्न लागेको जानकारी गराएकी छिन् । बिभिन्न कार्यक्रममा उनले आफ्नो बेली डान्सको कला प्रस्तुत गर्दै आएकी छिन् ।
आज भोलि युवावर्गमा बेली डान्सको बढ्दो क्रेजलाई मध्यनज़र गर्दै कार्यशाला आयोजना गर्न लागेको शाक्यले बताएकी छिन् । आफुलाई धेरैले इस्ट्रा र फेसबुकमा फलो गर्नेहरुले बेली डान्स सिक्ने इच्छा राखेको हुनाले पहिलो पटक अनलाइन वेली डान्स कार्यशाला आयोजना गर्न लागेको उनले बताएकी छिन् ।
जेठ २३ देखि २९ गते (जुन ६ देखि १२ तारिख) सम हरेक दिन बेलुकी ४ बजेदेखि ५ बजे सम्म कार्यशाला हुने बताइएको छ । यसमा सहभागी हुन रु. १५०० शुल्क तिर्नुपर्ने बताइएको छ ।