फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते
म्यानिला । फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ ।