अमेरिकाको नयाँ सभामुखमा केभिन म्याकार्थी निर्वाचित
वासिङटन डिसी । अमेरिकी प्रतिनिधि सभाले नयाँ सभामुख चयन गरेको छ । लामो गतिरोधपछि शनिबार बिहान कङ्ग्रेस सदस्य केभिन म्याकार्थीलाई सभामुखमा निर्वाचित गरिएको हो । अमेरिकाको रिपब्लिकन पार्टीका केभिन म्याकार्थी शनिबार १५ औं चरणको मतदानपछि प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका हुन्