काठमाडौं । नेपालको कोशी प्रदेशमा रक्त संचार मोबाइल बस (गाडी)को लागि क्यानडामा च्यारिटी कार्यक्रम हुने भएको छ । बउल एण्ड स्नाक्स तथा एनआरएनए क्यानडाको संयुक्त आयोजनामा जुलाई १५ का दिन हुने कार्यक्रममा प्रकाश सपुतको विशेष प्रस्तुति रहने बताइएको छ ।
च्यारिटी कार्यक्रममा प्रकाश सपुतको साथै विभिन्न स्थानीय कलाकारहरुको समेत प्रस्तुत हुनेछन् । बउल एण्ड स्नाक्सकी संचालिका रश्मि श्रेष्ठले सबैलाई कार्यक्रममा सहयोग र उपस्थितिको लागि आह्वान गरेकी छिन ।
क्यानडाको टोरोन्टोमा हुने कार्यक्रम बिस्तृत जानकारी लिन रश्मि श्रेष्ठ, सुमन अधिकारी, याम खत्री, दिपक गौतमलाई सम्पर्क गर्न सकिने बताइएको छ । टिकट दर बिधुतिय प्रणालीमा खरिद गर्दा ३० डलर तथा ढोकामा खरिद गर्दा ४० डलर पर्ने बताइएको छ । १२ बर्षभन्दा मुनिका बालबालिकालाई प्रवेश शुल्क नलाग्ने बताइएको छ । सुमन अधिकारीका अनुसार क्यानडामा प्रकाश सपुतको सांगीतिक यात्रा कार्यक्रम मिम नेपालले गर्नेछ ।