भाँडा किन्ने बहानामा पसलमा प्रवेश, पसलकै चक्कुले हत्या गरेर सिक्री र पैसा लुटेर फरार
काठमाडौं । वैशाख ७ गते भएको कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्यामा संलग्न झापा धुलाबारीका विनोद विश्वकर्मालाई प्रहरीले सार्वजनिक गरेको छ । झापामा पक्राउ परेका उनलाई आज काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गर्दै घटनाको प्रारम्भिक जानकारी दिएको छ ।