काठमाडौँ । वीर अस्पतालको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । अस्पतालको पुरानो भवनमा रहेको छतको पर्खाल आइतबार दिउँसो खसेको हो । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल भत्किएको बताइएको छ ।
प्रहरीका अनुसार तीन महिला र एक पुरुष घाइते भएको र उनीहरुको उपचार ट्रमा सेन्टरमा भइरहेको छ । घाइतेहरु खतरामुक्त रहेको बताइएको छ ।



















