भारी वर्षाको सम्भावना, २४ घण्टे चेतावनी जारी
काठमाडौँ । सातै प्रदेशमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले बिहान पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिएकी