काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।
। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बुधबार समरजंग कम्पनीका तत्कालीन सहायक लेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
पौडेलसहित यस प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् । सीआईबीले ललिता निवास सम्बन्धमा कीर्ते र संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।




















