महोत्तरीमा निर्वाचनलक्षित प्रहरी अपरेशन, ९९ जना पक्राउ
बर्दिबास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै फरार अभियुक्त र विभिन्न अपराधमा संलग्न व्यक्तिमाथि निगरानी कडा पारेको छ। चुनाव नजिकिँदै जाँदा मधेस क्षेत्रमा सम्भावित सुरक्षा जोखिम बढ्न सक्ने विश्लेषण गर्दै प्रहरीले गाउँ-गाउँबाट खोजी अभियान