उपराष्ट्रपति यादवद्वारा गढीमाई मेलाको शुभारम्भ
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले बारा जिल्लास्थित प्रसिद्ध शक्तिपीठ गढीमाई मन्दिर परिसरमा हरेक पाँच वर्षमा लाग्ने ‘श्री गढीमाई पञ्चवर्षीय मेला’ को आज शुभारम्भ गर्नुभएको छ । गढीमाई मन्दिर परिसरमा आयोजित विशेष समारोहमा उहाँले मेला शुभारम्भ गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ