काठमाडौँ । आज वि.सं २०८२ वैशाख २९ गते, सोमबार, ई.स. २०२५ मे १२, तिथि- वैशाख शुक्लपक्ष पूर्णिमा, स्वाती- नक्षत्र, ६ः०३ बजेपछि विशाखा, वरियान्- योग, भद्रा- करण, चन्द्रराशि- तुला, सूर्योदय- ५ः१९, सूर्यास्त- १८ः४३ ।
मेष : आज वैवाहिक जीवनमा सामञ्जस्यता देखिनेछ । प्रेमसम्बन्धमा विश्वास बढ्नेछ । व्यापारमा साझेदारबाट सहयोग प्राप्त हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने समय हो । वार्तालाप र सहकार्यबाट लाभ मिल्नेछ ।
वृष : शत्रुहरूमाथि नियन्त्रण रहनेछ । रोग वा स्वास्थ्यसम्बन्धी चिन्तामा सुधार आउनेछ । प्रतिस्पर्धी वातावरणमा आत्मबलका साथ अघि बढ्न सकिनेछ । कामकाजी जीवनमा अनुशासन र स्पष्टता आवश्यक देखिन्छ ।
मिथुन : प्रेम सम्बन्धमा खुलापन र स्वतन्त्रताको भावना बलियो हुनेछ । सन्तानको व्यवहारमा केही चञ्चलता देखिए पनि समयक्रममा सुधार सम्भव छ । अध्ययन र सिर्जनात्मक कार्यमा प्रेरणा मिल्नेछ ।
कर्कट : मातातर्फ चिन्ता, घरपरिवारमा असमझदारी वा अस्थिरता आउने सम्भावना देखिन्छ । मुद्दा-मामिलामा सावधानी आवश्यक छ । वाहन वा अचल सम्पत्ति सम्बन्धी कार्यमा विलम्ब हुन सक्छ । धैर्य र सहिष्णुता अपनाउनु उपयुक्त हुनेछ ।
सिंह : सञ्चार, यात्राको योग र साहसी निर्णयमा सफलता मिल्नेछ । दाजुभाइ वा समकक्षीहरूसँग सम्बन्ध प्रगाढ हुनेछ । लेखन, बोलचाल र वार्ताको माध्यमबाट आफ्नो प्रभाव विस्तार गर्न सकिने दिन हो ।
कन्या : वाणीमा स्पष्टता, तर साथमा मृदुता आवश्यक छ । आर्थिक पक्ष मध्यम रहनेछ-केही अनावश्यक खर्च पनि सम्भव छ । पारिवारिक विषयमा थोरै तनाव देखिन सक्छ । धैर्यपूर्वक व्यवहार गर्दा परिस्थिति सहज बन्नेछ ।
तुला : आजको दिनमा आत्मबल, आकर्षण र स्वप्रस्तुतिमा वृद्धि हुने देखिन्छ । सार्वजनिक रूपमा प्रभावशाली उपस्थिति रहनेछ । मन चञ्चल भए पनि आत्मनिर्णयमा दृढता ल्याउँदा लाभ हुनेछ ।
वृश्चिक : अहिलेसम्म स्थिरजस्तो देखिएको खर्चमा आकस्मिक वृद्धि हुन सक्छ । यात्रामा असहजता वा स्वास्थ्यमा थकान अनुभव हुन सक्छ । गोप्य विषयमा सावधानी अपनाउनुहोस, आत्मचिन्तन र विश्राम आवश्यक देखिन्छ ।
धनु : आज इच्छाहरू पुरा हुने सम्भावना बलियो छ । आर्थिक लाभ, मित्रताको विस्तार र सामाजिक सहभागिताबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ स्रोतको आम्दानीका संकेत छन् । योजनाबद्ध प्रयासबाट सफलता मिल्नेछ ।
मकर : पेसा, जागिर वा व्यवसायमा सम्मान प्राप्त हुनेछ । वरिष्ठ वा उच्चपदस्थ व्यक्तिहरूबाट सहयोग मिल्नेछ । कर्मप्रधान दिन हो, जिम्मेवारीलाई इमानदार रूपमा पुरा गर्नु लाभदायी हुनेछ । मान-प्रतिष्ठा वृद्धिको योग छ ।
कुम्भ : धार्मिक आस्था बढ्नेछ, तर मानसिक विचलन पनि हुनसक्छ । गुरु वा पितासँग विचारविमर्श लाभदायी हुनेछ । यात्रामा केही बाधा आउन सक्नेछ, तर ज्ञान, शिक्षा र दर्शनतर्फ झुकाव बढ्ने दिन हो ।
मीन : मानसिक अशान्ति र शारीरिक पीडा दिन सक्छ । अप्रत्याशित परिवर्तन वा समाचारले प्रभावित गर्न सक्छ । जोखिमयुक्त काम वा तर्क-विवादबाट टाढा रहनु हितकर हुनेछ । शान्त र गम्भीर व्यवहार आवश्यक छ ।