काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बुद्धिस्ट सभा हलमा २५६९औं बुद्ध जयन्ती समारोह एवं लुम्बिनी दिवस मूल समारोहकाे उद्घाटन गरेका छन् ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य , संघीय र प्रदेश सांसदहरू, विभिन्न देशका राजदूत, भिक्षु, भिक्षुणी, उपासक र सर्वसाधारणहरुकाे उपस्थिति छ ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विकास कोषद्वारा आयोजना गरिएको कार्यक्रमलाई भव्य बनाउन लुम्बिनी क्षेत्रलाई विशेषरूपमा सजाइएको छ ।