मौसम पूर्वानुमानः तराई तथा पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक पुगेको छ। जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही