मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र १८ वर्षीय अमोश थिङको ज्यान गएको हो।
गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि चुरेहिल अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले ठक्कर दिने ग २ ख ८९८ नम्बरको ट्रकलाई वीरगञ्ज महानगरपालिका–१३ प्रतीमाचोक स्थित एक ग्यारेजबाट नियन्त्रणमा लिएको छ। ट्रक चालक जितपुरसिमरा उपमहानगरपालिका–३ बस्ने ३६ वर्षीय अनिल साहको खोजी भइरहेको प्रहरीले जनाएको छ।




















