
झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिबेला झापा ५ को घरदैलो अभियानमा व्यस्त छन्। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट उम्मेदवार रहेका ओली घरदैलो अभियानका क्रममा मतदाताहरुसँग भेटघाट, छलफल गरिरहेका छन् ।
ओली बुधबार बिहानै धरधरेस्थित चिया बगानमा पुगेपछि त्यहाँ कार्यरत मदजुर एमालेमा प्रवेश गरेका छन् । चिया बगान धरधरे ३५० भन्दा धेरै मजदुर नेकपा एमालेमा प्रवेश गरेको ओलीको सचिवालयले जनाएको छ।





















