पूर्वसचिव पत्नी कार्कीलाई कामदारले पिटेको सीसीटीभीमा देखियो
काठमाडौं । पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । कार्कीको घरमा रहेको सीसीटीभीको भिडियो फुटेज अध्ययन गर्दा चौधरीले नै कार्कीमाथि साङ्घातिक आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।